सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ ,टोखा र नागार्जुनका वडाध्यक्ष विजयी नतिजा

मङ्गलबार, ०२ जेठ २०७४, २१ : ०३
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौँ, जेठ २ – टोखा नगरपालिका–१ मा नेकपा (एमाले)का श्रीकृष्ण अधिकारी विजय हुनुभएको छ भने वडा नं २ वाट नेपाली काँग्रेसका दीपकराज जोशी र वडा नं ३ मा नेपाली काँग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै टोखा नगरपालिकामा नेपाली काँग्रेसका हरिहर अधिकारीले अग्रता कायय राख्नुभएको छ । अधिकारीले तीन हजार १२३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो । उहाँका अनुसार एमालेबाट प्रकाश अधिकारीले दुई हजार ३११ र नेकपा (माओवादी केन्द्र )का कल्पना शर्माले करिब एक हजार मत प्राप्त गर्नुभएको छ । यसैगरी नागार्जुन नगरपालिका–२ को वडाध्यक्षको नेकपा ९एमाले०का खुमबहादुर केसी विजय हुनुभएको छ । भर्खरै सम्पन्न भएको मतगणनामा एमालेका केसीले ७९१ मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराउनुभयो । वडा नं २ मा करिब एक हजार ८०० मतदाता रहेका छन् । यसैगरी प्रमुखमा एमालेका कृष्णहरि खत्रीले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृत लामिछानेका अनुसार खत्रीले एक हजार १४ मत नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ४६० र नेकपा (माओवादी केन्द्र) का कुमार तामाङले ११५ मत ल्याउनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप