सिन्धुलीको गोलन्जोर गापामा काँग्रेस निर्वाचित
मङ्गलबार, ०२ जेठ २०७४, २१ : ३५
सिन्धुली, जेठ २ – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले० टीकाबहादुर देवकोटाले दुई हजार ५८४, उपप्रमुख धनकुमारी पुलामीले दुई हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।
गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा काँग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा काँग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली काँग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण