सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासी सदरमुकाममा प्रेसरकुकर बम, स्थानीय त्रसित

बुधबार, ०३ जेठ २०७४, ०८ : २७
बुधबार, ०३ जेठ २०७४
- हुसेन सेन जेठ ३,  परासी - नवलपरासी मा आज बिहान प्रसरकुकर बम भेटिएको छ । जिल्लाको सदरमुकाममा रहेको निर्माण व्इवसायी संघको मुख्य गेटमा बम देखेपछि स्थानीय त्रसित भएका थिए । आज बिहान बम देख्नासथ स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा प्रहरी सहित गएको सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको नवलपरासीस्थित रातोपाटी सम्बाददाताले जनाएका छन् । बम कसले राख्यो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिसट पार्टीले बम राखेको हुनसक्ने अनुमान गरिएको छ । उक्त प्रेसरकुकर बम नै भएको र घटनाबारे अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप