सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता

बुधबार, ०३ जेठ २०७४, ०८ : ४५
बुधबार, ०३ जेठ २०७४
काठमाडौँ  - छिमेकी चीनको ‘एक पेटी एक मार्ग बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन सम्मेलनमा भाग लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज राति स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सम्मेलनमा सहभागी देशका प्रतिनिधिले एक पेटी एक मार्ग असल अवधारणासहित आएको बताए । एक पेटी एक मार्गले पूर्वाधार विकास, रेल्वे निर्माण, सीमा नाका खोल्ने, नेपालको विकासमा यस अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने बताए । चीन नेपालको आर्थिक विकासका लागि सदैव सकारात्मक रहेको बताउँदै उनले नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहने विषयमा छलफल भएको जानकारी दिए । चिनियाँ नेताहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री महराले नेपालको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचनका बारेमा आफूले चिनियाँ पक्षलाई जानकारी गराएको बताउनुभयो । नेपाल र चीन सधैँ असल छिमेकीका रुपमा रहेको उहाँले बताए । गत वैशाख ३१ र जेठ १ गते ९मे १४–१५० मा बेइजिङमा भएको सम्मेलनमा भाग लिन उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विश्वका २९ देशका राष्ट्रप्रमुख, १०० जना मन्त्री र त्यतिकै सङ्ख्यामा विभिन्न सङ्घ र संस्थाका प्रतिनिधिसहित एक हजार २०० प्रतिनिधिहरू सहभागी सम्मेलनमा नेपालको तर्फबाट उपप्रधानमन्त्री महराको नेतृत्वमा सूचना तथा सञ्चार मन्त्री सुुरेन्द्र कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित आठ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो । आइतबार सम्मेलनमा अर्थमन्त्री महराको प्रतिनिधिमण्डलले चिनियाँ समकक्षी वाङ याङसँग भेटवार्ता गरेको थियो । सञ्चारमन्त्री कार्कीले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपालले गत शुक्रबार एक पेटी एक मार्ग अवधारणामा औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । युरोप र अफ्रिकासमेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हँुदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप