निर्वाचन आयोगको अनुरोध : 'मतगणनामा सहयोग गर्नुस्'
बुधबार, ०३ जेठ २०७४, ०९ : १४
काठमाडौँ - निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारलाई संवेदनशील भई मतगणनाको कार्यमा सहयोग पु¥याउन अनुरोध गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गरी कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारको तर्फबाट ससाना र आधारहीन विषयमा समेत अनावश्यक समस्या खडा गरी मतगणना कार्य लम्ब्याउने गरेका सूचना प्राप्त भएको हुँदा मत गणना कार्य छिटो सम्पन्न गर्न आवश्यक सहयोग पु¥याउन आयोगले आग्रह गरेको छ ।
मत गणनाको कार्यमा खटिने निर्वाचन अधिकृत तथा मत गणना टोलीका कर्मचारीलाई पनि मत गणनाको परिणाम छिटो घोषणा गर्नुपर्ने दायित्वलाई मनन गरी सहमतीय आधारमा मत गणना टोली थप गरी जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।
एउटै मतपत्रबाट सातजना पदाधिकारीको निर्वाचनका लागि मतदाताले सात ठाउँमा स्वस्तिक चिह्न लगाई आफ्नो अभिमत प्रकट गरेका मतपत्रको गणना गर्ने कार्यमा केही बढी समय लाग्नु स्वाभाविकै हो भन्दै आयोगले मतदातालाई आफूले दिएको मतको परिणाम यथाशीघ्र जान्ने चाहना हुने कुरामा आयोग सचेत रहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण