धुलिखेल– १२ र नमोबुद्ध –४ मा मतदान सुरु
बुधबार, ०३ जेठ २०७४, ०९ : २५
धुलिखेल - काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ र नमोबुद्ध नगरपालिका–४ मा स्थगित रहेको निर्वाचन आज बिहान ७ बजेदेखि सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले दुवै स्थानमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सुरु भइसकेको बताए ।
धुलिखेल नगरपालिका–१२ मा केही दिन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्य उम्मेदवार सुकमान तामाङको निधन भएको र नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा गत वैशाख ३० गते राति सशस्त्र प्रहरीको गोलीबाट स्थानीय नवराज पाठकको मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो ।
निर्वाचन स्थगित रहेको मेथिनकोटस्थित जनक मावि केन्द्र र शङ्खुमा रहेको केन्द्रमा आज मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी पोखरलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण