चाँगुनारायणमा आज पुनः मतदान सुरु
बुधबार, ०३ जेठ २०७४, १० : ०९
भक्तपुर - स्थानीय तह निर्वाचन–२०७४ अन्तर्गत जिल्लाको विवादित चाँगुनारायण नगरपालिकामा मतदान सुरु भएको छ ।
चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि पुनःमतदान सुरु भएको हो ।
गत बैशाख ३१ गते मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनःमतदान गर्न परिपत्र गरेपछि पुनः मतदान भएको छ ।
चाँगुनारायण नगरपालिका–६ साविक नगरकोट गाविस० मतदानकेन्द्र ‘ख’ मा कुल ८०७ मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण