आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

धोनी र वासिङटन चम्केपछि पहिलो पटक आइपिएलको फाइनलमा पुणे

बुधबार, ०३ जेठ २०७४, १० : १९
बुधबार, ०३ जेठ २०७४
मुम्बई, चैत ३ – इन्डियन प्रिमियर लिगको १० औँ संस्करणको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै राइजिङ पुणे सुपरजायन्टस पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुणे प्रस्तुत गरेको १६३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो । जीतसँगै पुणे सोझै फाइनलमा प्रवेश गरेको छ भने मुम्बईले अब एलिमिनेटर खेलको विजेतासँग पुनः खेल खेल्नुपर्नेछ । आज सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्स एलिमिनेटर खेलमा भिड्दैछन् । खेलमा पुणेले सुरुवात भने राम्रो गर्न सकेको थिएन । टस हारेर ब्याटिङमा उत्रेको पुणेले दुई ओभरमा नै २ विकेट गुमाउँदै मात्र ९ रन जोडेको थियो । [caption id="attachment_145182" align="alignleft" width="840"] MS Dhoni of Rising Pune Supergiant hits over the top for six during The Qualifier 1 match (match 57) of the Vivo 2017 Indian Premier League between the Mumbai Indians and the Rising Pune Supergiant held at the Wankhede Stadium in Mumbai, India on the 16th May 2017
Photo by Shaun Roy - Sportzpics - IPL[/caption] मिचेल म्याक्लेगन र लसिथ मलिङ्गाले राहुल त्रिपाठी र स्टिभ स्मिथलाई सस्तो मै पभेलियन पठाएका थिए । त्यसपछि अजजिंका रहाणे र मनोज तिवारीले खेल सम्हालेका थिए । रहानले ५६ रन बनाए भने तिवारीले ५८ रन बनाए । खेलको अन्त्यतिर महेन्द्र सिंह धोनीले विस्फोट पारी खेल्दै २६ बलमा ४० रन बनाए । यसक्रममा उनले ५ छकका हिर्काउँदै पुणेलाई सम्माजनक योगफल तर्फ डोर्याए । जवाफी ब्याटिङमा उत्रेको मुम्बईले सुस्त सुरुवात गर्यो । लेन्डल सिमन्सले १३ बलमा ५ रन बनाउँदै आउट भएपछि मुम्बइको पतन शुरु भयो । वासिङटन सुन्दरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर मुम्बईका तीन महत्वपूर्ण विकेट लिए । त्यस्तै सर्दुल ठाकुरले पनि ३ विकेट लिएपछि मुम्बईले कहिले पनि आवश्यक रन रेटलाई पछ्याउन सकेन । ओभर पार्थिव पटेल (५२ रन) बाहेक अन्य ब्याटसम्यानले गतिलो योगदान दिन सकेनन् । आफ्नो घातक बलिङका लागि सुन्दर म्यान अफ द म्याच चुनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप