युवाको आम्दानीको स्रोत बन्दै अटो रिक्सा
जुम्ला । तातोपानी गाउँपालिका–६ का २२ वर्षीय पदमबहादुर खड्का अटो रिक्सा चलाएर मासिक ३० हजार रुपैयाँ कमाउँछन् । तीन वर्ष मलेसियामा काम गरेर घर फर्किएपछि अटो रिक्सा व्यवसायमा लागेका उनी अहिले आफ्नो कमाइप्रति निकै सन्तुष्ट छन् ।
‘सबै खर्च कटाएर दैनिक एक हजार रुपैयाँ बचाउँछु,’ उनले भने, ‘अटो रिक्सा किनेपछि स्वरोजगार भएको अनुभूति गर्दैछु ।’ सात लाख रुपैयाँमा किस्तामा अटो ल्याएका खड्का अहिले मासिक १५ हजार रुपैयाँ किस्ता तिर्दैछन् ।
एसएलसी पास गरेर रोजगारीका लागि विदेश हानिएका उनी अहिले गाउँमै स्वरोजगारको एक उदाहरण बनेका छन् । मेहनत र धैर्य गरेको खण्डमा गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश छर्न सफल भएको उनी बताउँछन् ।
सुरुसुरुमा अटो रिक्सा कमै थिए । उतिबेला दैनिक ४ हजारदेखि ५ हजाररुपैयाँ सम्म पनि कमाएको उनको भनाइ छ । हाल दिनको १५ सयदेखि १८ सय रुपैयाँसम्म कमाउँदै आएको उनले बताए ।
तातोपानीकै २० वर्षीय मिलन खड्का अटो रिक्साबाट मनग्य आम्दानी भएको बताउँछन् । विदेशभन्दा स्वदेशमै अटो रिक्साबाट राम्रो आम्दानी भएको अनुभव उनले सुनाए ।
‘आफ्नै देशमा परिवारसँगै बस्न पाइएको छ, व्यवसाय गरेर राम्रो कमाई भएको छ,’ उनले भने, ‘स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश जानु खासै आवश्यक ठानिएन ।’
मिलन र प्रेमबहादुर एक उदाहरणमात्र हुन् । पछिल्लो समयमा जुम्लाका कयौं युवा अटो चलाएर स्वरोजगार बनेका छन् । पाँच लाखदेखि सात लाख रुपैयाँको लागतमा खरिद गरेर जुम्लाका ६० भन्दा बढी युवा मासिक २० देखि ३० हजार आम्दानी गर्न सफल भएका हुन् ।
वैदेशिक रोजगारीबाट फर्केका युवाहरु अहिले आफ्नै गाउँठाउँमा अटो खरिद गरेर रमाइरहेका छन् । जुम्लामा दुई वर्ष अघिदेखि अटो रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको छ ।
हाल जुम्लाका अटो रिक्साले चन्दननाथ नगरपालिकाभित्र र तातोपानीको एरेनी सम्मको रुट परमिट पाएका छन् । हाल जुम्लामा ६० वटा अटो रिक्सा सञ्चालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण