सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो प्रतिपक्ष रोग, भोक र गरिबी हो : मुख्यमन्त्री शाही

सोमबार, १८ पुस २०७९, १४ : २०
सोमबार, १८ पुस २०७९

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्ष रोग, भोक र गरिबी भएको बताएका छन् ।  प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले पुनः सोही कुरा बताएका हुन् । 

उनले ०७४ मा प्रतिपक्षको भूमिकामा थिए, त्यही बेला यही कुरा भन्ने गरेका थिए । तर प्रदेश सभाको पहिलो पाँच बर्षे कार्यकाल नेताहरुले सत्ता संघर्षमै बिताएका थिए । मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने तर्क राखे । ‘राम्रा ऐन, कानुन बनाउनुपर्छ, नत्र कर्णालीको विकास पछि पर्छ नै ,’उनले भने,‘ कर्णालीको विपक्षी भनेको रोग, भोक र गरिबी हो ।’ 

साथै उनले अब कर्णाली पछि प¥यो भनेर भन्ने बाटो नभएको बताए । उनले भने,‘कर्णाली पछि प¥यो भनेर भन्ने बाटो हामीलाई छैन, विगत पाँच वर्ष कार्यकालमा ‘प्राक्टिस’ भए । अहिले धेरैले अनुभव बटुलेका कारण कर्णालीको समृद्धिमा लाग्न सबैको सद्बुद्धि आवस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप