हाम्रो प्रतिपक्ष रोग, भोक र गरिबी हो : मुख्यमन्त्री शाही
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्ष रोग, भोक र गरिबी भएको बताएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले पुनः सोही कुरा बताएका हुन् ।
उनले ०७४ मा प्रतिपक्षको भूमिकामा थिए, त्यही बेला यही कुरा भन्ने गरेका थिए । तर प्रदेश सभाको पहिलो पाँच बर्षे कार्यकाल नेताहरुले सत्ता संघर्षमै बिताएका थिए । मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने तर्क राखे । ‘राम्रा ऐन, कानुन बनाउनुपर्छ, नत्र कर्णालीको विकास पछि पर्छ नै ,’उनले भने,‘ कर्णालीको विपक्षी भनेको रोग, भोक र गरिबी हो ।’
साथै उनले अब कर्णाली पछि प¥यो भनेर भन्ने बाटो नभएको बताए । उनले भने,‘कर्णाली पछि प¥यो भनेर भन्ने बाटो हामीलाई छैन, विगत पाँच वर्ष कार्यकालमा ‘प्राक्टिस’ भए । अहिले धेरैले अनुभव बटुलेका कारण कर्णालीको समृद्धिमा लाग्न सबैको सद्बुद्धि आवस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण