एकीकृत समाजवादीका दुई निर्णय : वामपन्थी एकता र सहकार्यका लागि सचिवालयलाई जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । मंगलबार सकिएको बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको हो ।
‘हाम्रो पार्टी वामपन्थी एकता, सहकार्य र वा मोर्चा बनाउनुपर्छ भन्नेमा हिजो पनि थियो आज पनि छ र भोलि पनि रहन्छ । त्यसका लागि केन्द्रीय सचिवालयलाई अनुमति प्रदान गरेको छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै नयाँ समीकरणपछि बनेको प्रचण्ड नेतृत्वको सरकारबारेको दृष्टिकोण बनाउने जिम्मा पनि पोलिटब्युरोले सचिवालयलाई नै दिएको छ । ‘नयाँ गठबन्धन सरकारका बारेमा थप आवश्यक अध्ययन, छलफल गर्नुपर्ने छ । 'यसले जनताका लागि के कस्ता योजना र कार्यक्रम ल्याउँछ त्यसका आधारमा यसबारे अन्तिम निर्णय गर्ने अधिकार पनि केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ’, बैठकका निर्णय सुनाउँदै नेता खतिवडाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्ने भन्ने बारेमा अन्य राजनीतिक दल र उनीहरूका गतिविधि हेरेर निष्कर्ष निकाल्ने भएको छ । एकता यसबाहेक पार्टी शुद्धीकरण, सुदृढीकरण, पार्टी सदस्यता अभियान लगायतका बारेमा बैठकमा छलफल भएको भन्दै त्यसलाई अभियानकै रूपमा अघि बढाउन सचिवालयले कार्ययोजना बनाउने निर्णय पनि सो पार्टीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन