मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको निर्देशन : नेताहरूको बदख्वाइँ तत्काल रोक्नुस्

मङ्गलबार, १९ पुस २०७९, १५ : ०५
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकधुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँगर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् । मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।

‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठुलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठुलो हुने । आफ्नो नेताहरूको बदख्वाइँ गरेर अरू नेताको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठुलो हुने ?’अध्यक्ष नेपालको प्रश्न छ । उनले यस्तो तौरतरिका तत्काल बन्द गर्न निर्देशन समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप