बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा बाढीका कारण विस्थापित ३३ हजारभन्दा बढी व्यक्ति अस्थायी शिविरमा

मङ्गलबार, १९ पुस २०७९, १९ : ३७
मङ्गलबार, १९ पुस २०७९

फिलिपिन्स । फिलिपिन्समा गत साता ५१ जनाको ज्यान गएको बाढीका कारण विस्थापित भएका ३३ हजार भन्दा बढी मानिस अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् ।  

समाज कल्याण तथा विकास विभागले क्रिसमसको पूर्वसन्ध्यामा बाढीबाट गम्भीर रूपमा प्रभावित पाँच क्षेत्रका ८ हजार ९३० परिवारलाई उद्धार गरेको जनाएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मङ्गलबारको अद्यावधिक प्रतिवेदनमा मृतकको सङ्ख्या ५१ पुगेको र थप १९ बेपत्ताको खोजी  भइरहेको जनाएको छ । 

बाढीले  दक्षिणपूर्वी एसियाली देशका १० क्षेत्रका करिब  छ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्न बाध्य तुल्याएको थियो । स्थानीय रिपोर्टका अनुसार दक्षिणी फिलिपिन्सको लानाओ डेल नोर्टे प्रान्तमा आफ्ना काका र काकीसँग सवार मोटरसाइकललाई अचानक बाढीले बगाउँदा आठ वर्षीया बालिकाको मृत्यु भएको थियो ।

लानाओ डेल नोर्टे सूचना अधिकारी जोइला म्याक्सिन एसिकले बालिकाको डुबेर मृत्यु भएको र यस प्रान्तका झण्डै  छ हजार बासिन्दा बाढीबाट प्रभावित भएको बताइन्।
फिलिपिन्स विश्वव्यापी रूपमा सबैभन्दा प्रकोपबाट प्रभावित हुने देशहरू मध्ये एक हो । यहाँ औसतमा वार्षिक २० भन्दा बढी टाइफुनहरू आउँने गर्दछ तीमध्ये केही  अत्यन्त तीव्र गतिमा आउँने हुनाले विनाशकारी पनि हुन्छन्। (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप