फिलिपिन्समा बाढीका कारण विस्थापित ३३ हजारभन्दा बढी व्यक्ति अस्थायी शिविरमा
फिलिपिन्स । फिलिपिन्समा गत साता ५१ जनाको ज्यान गएको बाढीका कारण विस्थापित भएका ३३ हजार भन्दा बढी मानिस अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् ।
समाज कल्याण तथा विकास विभागले क्रिसमसको पूर्वसन्ध्यामा बाढीबाट गम्भीर रूपमा प्रभावित पाँच क्षेत्रका ८ हजार ९३० परिवारलाई उद्धार गरेको जनाएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मङ्गलबारको अद्यावधिक प्रतिवेदनमा मृतकको सङ्ख्या ५१ पुगेको र थप १९ बेपत्ताको खोजी भइरहेको जनाएको छ ।
बाढीले दक्षिणपूर्वी एसियाली देशका १० क्षेत्रका करिब छ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्न बाध्य तुल्याएको थियो । स्थानीय रिपोर्टका अनुसार दक्षिणी फिलिपिन्सको लानाओ डेल नोर्टे प्रान्तमा आफ्ना काका र काकीसँग सवार मोटरसाइकललाई अचानक बाढीले बगाउँदा आठ वर्षीया बालिकाको मृत्यु भएको थियो ।
लानाओ डेल नोर्टे सूचना अधिकारी जोइला म्याक्सिन एसिकले बालिकाको डुबेर मृत्यु भएको र यस प्रान्तका झण्डै छ हजार बासिन्दा बाढीबाट प्रभावित भएको बताइन्।
फिलिपिन्स विश्वव्यापी रूपमा सबैभन्दा प्रकोपबाट प्रभावित हुने देशहरू मध्ये एक हो । यहाँ औसतमा वार्षिक २० भन्दा बढी टाइफुनहरू आउँने गर्दछ तीमध्ये केही अत्यन्त तीव्र गतिमा आउँने हुनाले विनाशकारी पनि हुन्छन्। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण