कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीलाई कारबाहीको मागसहित उजुरी
पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवार किशोर बराललाई पराजित गराएको दाबी गर्दै उनीविरुद्ध उजुरी परेको हो ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा पराजित कांग्रेस उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा १(१) का उम्मेदवार दीपक गुरुङले पूर्वसभापति केसीकै अन्तर्घातका कारण आफूहरुले हारेको दाबी गर्दै अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । पूर्वसभापति केसीले भने आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन् । उनले पार्टीकै जिल्ला नेतृत्वका कमी कमजोरीका कारण चुनावमा कांग्रेसका उम्मेदवारहरुको अवस्था कमजोर भएको दाबीसमेत गरे ।
‘मेरो व्यक्तिगत कमजोरी हुन सक्छ । तर, उहाँले गरेको कमजोरीहरु सिंगो कास्की कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘म आफू नचल्न सक्छु । उहाँ नचल्दा त सिंगो संगठन चल्दैन ।’ उनले आफूमाथि लागेको आरोप भोलि आधिकारिक रुपले आइसकेपछि आफूले जवाफ दिने र आफूमाथि प्रश्न गर्नेलाई पनि आफूले त्यतिबेलै प्रश्न गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण