शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

बोक्सी आरोपमा कपाल मुण्डन गरेको कसुरमा पनि मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

सिके राउतको पहलपछि बल्ल मुद्दा दर्ता
बुधबार, २० पुस २०७९, ०७ : ३०
बुधबार, २० पुस २०७९

सप्तरी । सप्तरीमा बोक्सीको आरोपमा कपाल मुण्डन गरेको कसुरको मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले सप्तरी–२ का सांसद डा। सिके राउतको कार्यालयमा गएर गुनासो गरेका छन् ।

सप्तरीको कञ्चनपुर नगरपालिकाको सो घटनाबारे आफूले उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जानकारी गराएको डा. राउतले बताएका छन् । राउतको आग्रहपछि प्रहरीले बल्ल मुद्दा दर्ता गरेको छ ।

कञ्चनपुर नगरपालिकामा करिब ४५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर कपाल मुण्डन गरिएको थियो । आफूलाई बोक्सीको आरोप लगाएर कपाल काटेको भन्दै पीडित महिला प्रहरीकहाँ पुगेकी थिइन् । सप्तरीका एसपी अभिनारायण काफ्लेले सो घटना अन्देखा गरेपछि पीडित डा. राउतको कार्यालयमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले भने बोक्सी आरोपमा सो घटनाको जाहेरी दर्ता गरिएको रातोपाटीलाई बताए । उनले भने–‘रित पुर्वक जाहेरी नल्याएको हुनाले ढिला भएको हो, अहिले दर्ता गरेर अनुसन्धान गरिरहेका छौं ।’

बोक्सीको आरोप लगाएर यातना दिने ५ जनाबिरुद्ध पीडितले किटानी जाहेरी दिएकी छिन् । आरोपीहरु फरार भएको डिएसपी सिंहले बताए । उनले भने–‘आरोपीहरु भागेका छन्, हामी खोजतलास गर्दै छौं ।’

आरोपीहरुले कुटपिट गरेको चोटसहित पीडित प्रहरी कार्यालयमा पुग्दा पनि प्रहरीले बेवास्ता गरेको आरोप छ । डिएसपी सिंहले पीडीतलाई तत्काल घाउ जाँच फारम भरेर मेडिकल गर्न पठाएको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप