कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाह चयन
बुधबार, २० पुस २०७९, १४ : ४८
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमल बहादुर शाहसर्वसम्मती रूपमा चयन भएका छन् । बुधबार प्रदेश संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा रहेका छन् । यसअघि सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । ५ सदस्यीय निर्वाचन समितिले आजै निर्वाचन गर्ने तयारी गरेको थियो । तर अन्तमा कांग्रेस सुदूरपश्चिम प्रदेशले सर्वसम्मति दलको नेता चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै