कांग्रेसले भन्यो–सत्ता गठबन्धनको आयु छोट्टिने सम्भावना देखियो
काठमाडौं । नेपाली कांग्रेसले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा ठूलो विरोधाषमा रहेको बताए ।
‘यो गठबन्धन ठूलो विरोधाषमा हो । यो गठबन्धन स्वाभाविक देखिँदैन । यहाँ पदको प्रतिस्पर्धा छ,’ उनी भन्छन्, ‘सो कुराले यो गठबन्धनको आयु छोटिने सम्भावना देखिराखेका छौं ।’ सत्ता गठबन्धनमा विचार र दृष्टिकोणमा एकता नभएको महतले बताए । ‘गठबन्धनमा विचार दृष्टिकोणमा एकता छैन । नो नट अगेनको नारा लगाएर आएका नयाँ पार्टी पद प्राप्तिमा गएर टुंगिएको छ,’ उनले भने, ‘सरकारमै बसेर प्रतिपक्षी भूमिका गर्ने कुरा आएको छ । कन्टेन भन्दा प्रचार बढी केन्द्रित भइरहेको हामीले देखिरहेका छौं ।’
प्रदेश सरकार गठनबारे सरकारले हेरिरहेको उनको भनाइ छ । कांग्रेस विपक्षीमा बसुन्झेलसम्म प्रतिपक्षीको भूमिका सशक्त रूपमा निर्वाह गर्ने महतले बताए । ‘संसद्मा हामी जनजीविका, राष्ट्रियता लगायतका मुद्दा सशक्त ढंगले उठाउँछौं,’ उनले भने । यद्यपि रेलिङ भाच्ने वा संसद्लाई महिनै बन्दी बनाउने काम कांग्रेसबाट नहुने उनको भनाइ छ । २८ गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टीका विभाग गठन, भ्रातृ संस्थालाई पूर्णता दिइने महतले बताए । ‘पार्टीको संगठन निर्माण र एकतामा लाग्छौं, ’ उनले भने, ‘हामी व्यक्ति केन्द्रित नभई विषय, नीति र लक्ष्य केन्द्रित भएर नेतृत्वले काम गर्छ । सत्ता गुम्दाको निराशालाई हामी अवसरमा परिणत गर्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण