बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमबीच बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले गाउँपालिकाको वडा नम्बर-४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गरेका हुन् ।
अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानबाट १० शैयाको अस्पताल भवनको शिलान्यास भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । राष्ट्रिय स्तरको इ–बिडिङ बोलपत्र माग गरिएको अस्पताल निर्माणका लागि कूल ८ करोड ९ लाख ५३ हजार ५ सय ४२ रुपैयाँ ६९ पैसा ९भ्याटसहित० मा ब्राइट मल्टी कन्ष्ट्रक्शनले अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको भण्डारीले बताए ।
अस्पतालको शिलान्यास गर्दै अध्यक्ष अधिकारीले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको बताए । गुम्बुडाँडा सबै वडाहरूलाई पायक पर्ने स्थान भएकाले सो स्थानमा अस्पताल निर्माणको थालनी गरिएको उनले बताए । अस्पताल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग उनले आग्रह गरे । अस्पतालसम्म पुग्ने पक्की बाटो र खानेपानीका लागि गाउँपालिकाले पहल गर्ने उनको भनाई छ । अध्यक्ष अधिकारीले अस्पताल निर्माण पश्चात् यसको पूर्वाधारका लागि पनि आफूहरूले पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारका पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दामा तोकियो पेसी
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण