अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित हुन सकेनन्
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेनन् ।
रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार हुन्। मङ्गलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि उनले बहुमत ल्याउन सकेनन्।
अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो ।
आज सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुँदैछ ।
सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो ।
किन जित्न सकिरहेका छैनन् म्याककार्थी
नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो ।
तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो ।
उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विपक्षमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण