नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ ।
नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । वरिष्ठ सीईओ शाक्यले दिगो वित्तपोषणका रूपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहज रूपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए ।
दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण