आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’

बिहीबार, २१ पुस २०७९, २१ : ३५
बिहीबार, २१ पुस २०७९

काठमाडौं । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ ।

स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताएका हुन् ।

बिहीबार संसद्लाई सम्बोधन गर्दै रामबुकवेलाले भने, “सन् २०२१ र २०२२ मा कुपोषणको आँकडामा वृद्धि भएको र यस्तो अवस्था आउनुको एउटा प्रमुख कारण केही खाद्य वस्तुको अनैतिक प्रचार हुनसक्ने देखिएको छ ।”

मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको छ जुन सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ । यस वर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप