कान्ति बाल अस्पतालले मनायो ६१ औं वार्षिकोत्सव
काठमाडौं । कान्ति बाल अस्पतालले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले शुक्रबार एक कार्यक्रमबीच आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको हो ।
कान्ति बाल अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताए ।
उनले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिको लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताए । उनले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी, नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिबद्धता जनाए ।
सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुसी आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण