बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दुई दिनदेखि हराएका चार किशोरी भेटिए

शुक्रबार, २२ पुस २०७९, २१ : ०५
शुक्रबार, २२ पुस २०७९

गोरखा । गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

“हराएका सबै चार किशोरीलाई दिउँसो ४ः३० बजे तनहुँको बरादीमा भेटिएको हो”, उनले भने, “उनीहरूलाई गोरखा ल्याउने तयारी भइरहेको छ ।” महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया सङ्गीता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए ।

किशोरीहरू विद्यालयबाट सम्पर्कबिहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । हराएकी मध्येकी एक सरिता परियारको आफन्तको घरमा भेटिएको प्रहरी उपरीक्षक खनालले बताए । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा परियारको उक्साहटमा उनीहरू विद्यालयबाट भागेको पाइएको उनले जानकारी दिए ।

बरादीबाट आज पोखरातर्फ जाने तयारी गरिरहेको अवस्थामा किशोरीहरू फेला परेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप