अमेरिकामा एक व्याक्तिद्वारा परिवारका सात जनाको हत्यापछि आत्महत्या
शनिबार, २३ पुस २०७९, ०७ : ११
लस एन्जलस । श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको गोली हानी हत्यापछि आत्महत्या गरका छन् । एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए । मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ । मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए ।
एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण