बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एक व्याक्तिद्वारा परिवारका सात जनाको हत्यापछि आत्महत्या

शनिबार, २३ पुस २०७९, ०७ : ११
शनिबार, २३ पुस २०७९

लस एन्जलस । श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको गोली हानी हत्यापछि आत्महत्या गरका छन् । एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए । मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ । मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए ।

एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप