गजल
शनिबार, २३ पुस २०७९, १२ : २४
खालि तिमीलाई सम्झिएर बिताउँछु रात मैले
अहिलेसम्म सोध्या छैन, के हो तिम्रो जात मैले ।
जति पैसा खर्चे पनि माया र मन किनिदैन
अझै बुझ्न सकिन कि तिम्रो मनको बात मैले ।
ढुकढुकी छ मुटुभित्र, मन बस्छ रे हृदयमा !
दिल दिन्छ्यौ भने थाप्छु दुईओटै हात मैले ।
धोका पायौ होला कैयौँ ती नक्कली प्रेमीबाट
कसम खान्छु जुनीभरि गर्ने छैन घात मैले ।
धन भन्दा मान ठूलो मान भन्दा मनै रैछ
पैसालाई त ठान्न थालेँ चिलाउनेका पात मैले ।
यो मायाको संसारमा माया भन्दा ठूलो के छ ?
नखाए नि बाँच्न सक्छु माया पाए भात मैले !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण