पृथ्वी जयन्तीका दिन राप्रपाले भृकुटीमण्डपमा जलपान समारोह गर्ने
शनिबार, २३ पुस २०७९, १७ : ३१

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोह गर्ने भएको छ । ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गर्न लागिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
जलपान समारोह आयोजना गर्नका लागि राप्रपाले एक समिति समेत बनाएको छ । जलपान समारोहमा प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेता, विभिन्न देशका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिने भएको छ ।
सरकारमा जानका लागि राप्रपाले यसअघि सार्वजनिक बिदा कटौतीमा परेको पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । राप्रपाको सर्त अनुसार यसपटकको पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषय सरकारले न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी