पृथ्वी जयन्तीका दिन राप्रपाले भृकुटीमण्डपमा जलपान समारोह गर्ने
शनिबार, २३ पुस २०७९, १७ : ३१
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोह गर्ने भएको छ । ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गर्न लागिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
जलपान समारोह आयोजना गर्नका लागि राप्रपाले एक समिति समेत बनाएको छ । जलपान समारोहमा प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेता, विभिन्न देशका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिने भएको छ ।
सरकारमा जानका लागि राप्रपाले यसअघि सार्वजनिक बिदा कटौतीमा परेको पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । राप्रपाको सर्त अनुसार यसपटकको पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषय सरकारले न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण