भीम रावल र एकीकृत समाजवादी निकट युवा नेताहरुबीच भेटघाट
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले एमालेका पूर्व र वर्तमान नेताहरूसँग दैनिकजसो भेट गरिरहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि उनीहरुले नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र वामदेव गौतमलाई भेट गरेका थिए ।
आज पनि उनीहरुले एमाले अध्यक्ष केपी वलीसँग रुष्ट रहेका अर्का नेता भीम रावलसँग भेट गरेका छन् । युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका केन्द्रीय सदस्य हस्त शाही लगायत संघका पदाधिकारीहरूले नेता रावलसँग छलफल गरेका हुन् । भेटमा उनीहरुले समग्र कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति अवस्थाका साथै विविध अवस्थाका बारेमा छलफल गरेको संघका महासचिव दीपक जिएमले जानकारी दिए।
विभिन्न पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका भुसाल, मौन रहेका गौतम र रुष्ट रहेका रावललाई पार्टीमा ल्याउन छलफलमा प्रयत्न गरिएको उपस्थित एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण