शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्ट बराबरी

आइतबार, २४ पुस २०७९, १३ : २९
आइतबार, २४ पुस २०७९

दक्षिण अफ्रिकाका ब्याटस्म्यान सारेल अर्वी र टेम्बा बाभुमाले अस्ट्रेलियाका बलरहरूलाई निराश बनाएपछि दुई देशबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । टेस्टको अन्तिम दिन फलोअनमा परेको दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो । 

बराबरीसँगै अस्ट्रेलियाले तीन टेस्टको शृङ्खला २–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि अस्ट्रेलियाले ब्रिसबेन टेस्ट ६ विकेट तथा मेलबर्न टेस्ट एक इनिङ्स र १८२ रनले जितेको थियो ।

वर्षाले प्रभावित तेस्रो टेस्टमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ४ सय ७५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । उसमान ख्वाजाले नटआउट रहँदै १ सय ९५ रन बनाए भने पूर्व कप्तान स्टीभन स्मिथले १ सय ४ रनको योगदान दिए । 

जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिका २ सय ५५ रनमा सीमित हुँदै फलोअनमा परेको थियो । दक्षिण अफ्रिकाका लागि केशव महाराजले सर्वाधिक ५३ तथा साइमन हार्मरले ४७ रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ४ तथा प्याटकमिन्सले ३ विकेट लिए । 

फलोअनका क्रममा दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ४१.५ ओभरमा २ विकेटको क्षतिमा १०६ रन बनायो ।शृङ्खलामा डेभिड वार्नर प्लेअर अफ द सिरिज घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप