अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्ट बराबरी
दक्षिण अफ्रिकाका ब्याटस्म्यान सारेल अर्वी र टेम्बा बाभुमाले अस्ट्रेलियाका बलरहरूलाई निराश बनाएपछि दुई देशबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । टेस्टको अन्तिम दिन फलोअनमा परेको दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो ।
बराबरीसँगै अस्ट्रेलियाले तीन टेस्टको शृङ्खला २–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि अस्ट्रेलियाले ब्रिसबेन टेस्ट ६ विकेट तथा मेलबर्न टेस्ट एक इनिङ्स र १८२ रनले जितेको थियो ।
वर्षाले प्रभावित तेस्रो टेस्टमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ४ सय ७५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । उसमान ख्वाजाले नटआउट रहँदै १ सय ९५ रन बनाए भने पूर्व कप्तान स्टीभन स्मिथले १ सय ४ रनको योगदान दिए ।
जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिका २ सय ५५ रनमा सीमित हुँदै फलोअनमा परेको थियो । दक्षिण अफ्रिकाका लागि केशव महाराजले सर्वाधिक ५३ तथा साइमन हार्मरले ४७ रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ४ तथा प्याटकमिन्सले ३ विकेट लिए ।
फलोअनका क्रममा दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ४१.५ ओभरमा २ विकेटको क्षतिमा १०६ रन बनायो ।शृङ्खलामा डेभिड वार्नर प्लेअर अफ द सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण