शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

आइतबार, २४ पुस २०७९, १३ : ५९
आइतबार, २४ पुस २०७९

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटिएम प्रयोगकर्ताले आफ्नो पिन कोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । 

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ । -न्युज कारखाना

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप