निर्मला हत्या आरोपमा थप एकजना शंकास्पदको रगतको नमूना संकलन
काठमाडौँ । निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनाको रगतको नमूना संकलन गरेको छ । डीएनए परीक्षण गर्न कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका एकजना युवकको रगत संकलन गरेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पुस २१ अघि पनि निर्मला पन्तको हत्यामा संलग्न आशंकमा प्रहरीले दुई जनाको नमुना संकलन गरेको थियो । त्यतिबेला रगतको नमुना दिनेहरु भारतीय नागरिक हुन् । संकलित नमुना परीक्षणका लागि काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ ।
१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न आशंकामा अनुसन्धान टोलीले दुईजनाको रगतको नमूना संकलन गरेको छ ।
निर्मलाको हत्या भएको २५ दिनपछि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो । २०७५ भदौ २६ मा जिल्ला सरकारी वकिल कार्यालयले उनलाई संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको थियो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । समितिले अहिले कञ्चनपुरमा बसेर काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण