प्रदेश सरकार बाँडफाँटप्रति नागरिक उन्मुक्तिको असन्तुष्टि, २४ घण्टे अल्टिमेटम
धनगढी । प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो ।
नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सत्ता साझेदार दलको शीर्ष नेतृत्वहरुको बैठकमा आफूहरुको पनि सहभागिता रहेपनि त्यहाँ भएको बाँडफाँटमा आफूहरुको कुनै सहमति नजाएको स्पष्ट पारे ।
प्रमुख सचेतक चौधरीले रातोपाटीसँग भने, ‘बैठकमा हामीलाई पनि बोलाइयो । हाम्रो अध्यक्षज्यू पनि सहभागी हुनुभयो । तर सहभागी हुनुको अर्थ सहमति जनाउनु होइन नि । सहमति पत्रमा हाम्रो हस्तक्षर छैन भने बाँडफाँटमा हाम्रो सहमति छैन । हामीले हाम्रो निर्णयको लागि २४ घण्टाको समय मागेका छौँ ।’
उनले आफूहरुले उठाउँदै आएको रेशम चौधरीसहित राजबन्दी रिहाइको माग मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कुनै सहयोग नगर्ने बताए । सत्ता साझेदार दलको बैठकमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण