सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले गरे दावी पेस, ३३ सांसदको समर्थन

सोमबार, २५ पुस २०७९, १४ : ५२
सोमबार, २५ पुस २०७९

पोखरा । एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकले अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दावी पेस गरेका हुन् । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ ।

अधिकारी ३३ सांसदको समर्थन लिएर दावी पेस गर्न गएका हुन् । गण्डकीमा एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । अधिकारीलाई एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेले पनि समर्थन गरेपनि ३३ सांसदका समर्थन पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप