गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले गरे दावी पेस, ३३ सांसदको समर्थन
पोखरा । एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकले अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दावी पेस गरेका हुन् । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ ।
अधिकारी ३३ सांसदको समर्थन लिएर दावी पेस गर्न गएका हुन् । गण्डकीमा एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । अधिकारीलाई एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेले पनि समर्थन गरेपनि ३३ सांसदका समर्थन पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण