शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमानको शौचालयमा फ्लस गरेपछि के हुन्छ ?

सोमबार, २५ पुस २०७९, १५ : १६
सोमबार, २५ पुस २०७९

डिसेम्बर २०१६ मा छतमा घाम तापिरहेकी एक महिलाको काँधमा अचानक १२ किलोभन्दा बढीको कुनै टुक्रा खस्यो । साथै, केही टुक्रा उनको छतमा पनि छरिए । अनुसन्धान गर्दा थाहा भयो कि यो टुक्रा माथिबाट यात्रा गरिरहेको विमानबाट लिक भएको थियो । बरफको ठोस् टुक्राजस्तो देखिने यो चिज विमानका यात्रीहरुको मलमूत्र थियो । ती महिलाको काँध भाँच्चियो । घटना मध्य प्रदेशको सागर शहरको थियो । सम्बन्धित एयरलाइन्सले मुद्दा चर्किएपछि महिलालाई जरिवाना दिने पनि कुरा गरेका थिए ।

जनवरी २०१८ मा पनि यस्तै घटना घटित भएको थियो । गुरुग्रामको फाजिलपुर बादली गाउँमा भयानक बिस्फोट भयो । मानिसहरु आएर हेर्दा खेतको बीचमा केही वस्तु देखे जसको चारैतिर बरफ थियो । त्यो वस्तु अर्को ग्रहबाट खसेको भन्दै धेरै मानिसहरुले यसको स–सानो टुक्रा आफ्नो घरमा लिएर गए । पछि थाहा भयो कि त्यो विमानबाट खसेको ब्लू आइस थियो अर्थात् मलमूत्र ।

अमेरिकादेखि लण्डनसम्म भइरहन्छन् यस्ता घटना

यस्तै अमेरिकामा सन् १९७९ देखि २००३ भित्र २७ यस्ता घटना भएका थिए । यो डाटा पुरानो हो । हालै बेलायतको विन्डसर क्यासलमा पनि विमानबाट ब्लू आईस खसेको बताइएको थियो । यद्यपि, यस्ता घटना दुर्लभ भएकोले एयरलाइन्सलाई मर्मतसम्भार सुधार गर्न बाध्य पारिएको छ । यस्तै, एक समय यस्तो पनि थियो जब उडान भरिरहेको विमानमा यस्तो धेरैजसो हुने गर्दथ्यो ।

सुरुमा विमानमा शौचलय बनाएपछि थुप्रै समस्या भए । जस्तै फोहोरको तौल यति हुन थाल्यो कि विमानले यात्रीको संख्या घटाए । तर यो समाधान थिएन । त्यतिबेला शौचालय फूलप्रुफ पनि थिएन । त्यो लिक हुँदै जमिनमा, कारमा, भवनमा र यहाँसम्म कि मानिसहरुमा समेत खस्ने गर्दथ्यो । त्यसपछि सरकारले यसमाथि जरिवाना तोक्न थाले ।

plane1यस्तो छ आधुनिक इन–फ्लाइट टोयलेट

सन् १९७५ मा भर्जिनियन इन्जिनियर जेम्स केम्परले मोर्डन एयरप्लेन टोयलेट बनाए । यसमा निकै राम्रोसँग काम गर्ने भ्याक्युम सिस्टमबाहेक एकप्रकारको डिसइन्फेक्टिङ लिक्विड पनि हुन्छ । यसले विमानमा गन्ध फैलनबाट रोक्छ । यो प्रणाली यस्तो छ कि तपाईंले फ्लश बटन दबाउने बित्तिकै फोहोर पाइपमार्फत् एउटा सिल गरिएको ट्याङ्कीमा पुग्नेछ जहाँ यो फ्रिज हुनेछ । यो त्यतिबेला मात्रै खाली हुनेछ जब विमान आफ्नो गन्तव्यसम्म पुग्नेछ । हरेक विमानस्थलमा अन्डरग्राउन्ड ढल हुन्छ जहाँ यो खाली पारिन्छ ।

किन भनिन्छ ब्लू आइस ?

यो उड्डयन क्षेत्रमा प्रयोग हुने शब्द हो जुन बरफले जमेका मलमूत्रका लागि प्रयोग हुन्छ । ब्लू आईस अर्थात् मानिसको बायोवेस्ट र डिसइन्फेक्टेन्टको मिश्रण जुन उचाईमा पुगेर जम्ने गर्छ । डिसइन्फेक्टेन्टको निलो रङका कारण यो फोहोर बरफको निलो टुक्राजस्तै देखिन्छ ।

विमानका लागि पनि खतरा हो बायोवेस्ट ?

कतिपटक विमानको सेप्टिक ट्याङ्कीको चुहावटका कारण जमिनमा यो खस्ने सम्भावना बढी हुन्छ । विमानका लागि पनि ब्लू आईस खतरा हो । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले थुप्रै पटक यसको खतराको विषयमा चेतावनी दिएको छ । बोइङ ७२७ मा ब्लू आई लिक भएर सिधै एउटा इन्जिनमा ठोक्कियो जसका कारण बिजुली गयो । विमानको आपत्कालीन अवतरण गराइयो । दुर्घटनामा कसैको ज्यान त गएन तर त्यसपछि एयरलाइन्स बायोवेस्टको विषयमा बढी सतर्क हुन थाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप