नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे यस्ता ५ निर्णय
सोमबार, २५ पुस २०७९, १९ : ३५
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण लगत्तै पदभार समाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलिसिस सेवा आवश्यक पर्ने मिर्गौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री सिता सुन्दासलाई जिम्मेवारी तोकेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण