आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक बस्दै

मङ्गलबार, २६ पुस २०७९, ०६ : ०६
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बस्ने भएको छ । विहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । 

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् । 

पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसद्हरुसमक्ष राख्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप