शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जिदानको अपमान गर्ने फ्रान्स फुटबलका अध्यक्षले मागे माफी

मङ्गलबार, २६ पुस २०७९, १५ : ०२
मङ्गलबार, २६ पुस २०७९

पेरिस । फ्रान्सका महान् खेलाडी जिनेदिन जिदानमाथि आपत्तिजनक टिप्पणी गरेकोमा फ्रान्स फुटबल फेडरेसनका अध्यक्ष नोएल ले ग्राएटले माफी मागेका छन् । फ्रेन्च रेडियोसँग कुराकानी गर्दै ८१ वर्षीय ग्राएटले फ्रेन्च राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्न जिदानले फोन गरे पनि नउठाउने बताएका थिए ।

यसबारे चौतर्फी आलोचना भएपछि उनले माफी माग्दै सो टिप्पणीले आफ्नो भावनालाई प्रतिनिधित्व नगर्ने बताएका हुन् । फ्रान्सका म्यानेजर डिडिएर डेसच्याम्प्सले शनिबार सन् २०२६ सम्मका लागि आफ्नो करार नवीकरण गरेका थिए ।

‘म मैले गरेको टिप्पणीका लागि माफी माग्न चाहन्छु, यसले उनी कस्तो खेलाडी थिए र अहिले कस्तो प्रशिक्षक बनेका छन् भन्नेमेरोप्रतिभावनालाई प्रतिनिधित्व गर्दैन,’ उनले भनेका छन्, ‘फ्रान्सका दुई महान् डिडिएर र जिदानलाई भिडाएर विवाद सिर्जना गर्न खोज्ने आरएमसी रेडियोलाई मैले अन्तरवार्ता नै दिनुहुँदैन थियो । मैले केही आपत्तिजनक टिप्पणी गरेको स्वीकार गर्छु जसले केही अन्योल सिर्जना गर्‍यो ।’

जिदानले सन् १९९८ मा डेस्च्याम्प्ससँगै विश्वकपको उपाधि जितेका थिए । म्यानेजरका रूपमा उनले रियल मड्रिडसँग दुई ला लिगा रलगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

फ्रान्स तथा पेरिस सेन्ट जर्मेनका स्टार किलियान एम्बाप्पेले ग्राएटको टिप्पणीप्रति तत्काल आपत्ति जनाएका थिए भने फ्रान्सका खेलकुद मन्त्री एमिली औडिया कास्टेराले फ्रान्स फुटबलका अध्यक्षले माफी माग्नुपर्ने बताएकी थिइन् । जिदानको पूर्व क्लब रियल मड्रिडले पनि ग्राएटले माफी माग्नुपर्ने माग गरेको थियो ।

विश्वकपको फाइनलमा फ्रान्स पराजित भएपछि नयाँ प्रशिक्षकका लागि जिदानले फोन गरे कि गरेनन् भन्ने प्रश्नमा ग्राएटले रेडियो कार्यक्रममा भनेका थिए, ‘मैले उनको फोन पनि उठाउँदिन थिएँ । उनलाई के भन्ने ? हेलो सर, चिन्ता नगर्नुहोस् । अर्को क्लब खोज्नुहोस् । मैले भर्खर डिडिएरसँग करार गरेँ । उनले के गर्छन् भन्ने उनको कुरा भयो । मैले उनलाई कहिल्यै भेटेको छैन र हामीले डिडिएरलाई हटाउने बारे कहिल्यै सोचेका थिएनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप