शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न विश्वासको मत : रामचन्द्र पौडेल

मङ्गलबार, २६ पुस २०७९, १९ : ३५
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् । 

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका हुन् ।

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरू एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए ।

उनले कांग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए । उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए ।

उनले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जाने समेत बताए । उनले काँग्रेसले व्यवस्था जोगाउनको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप