बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

राजकुमार ह्यारीको आत्मकथाले तोड्यो बिक्रीको सबै रेकर्ड

बुधबार, २७ पुस २०७९, १४ : २४
बुधबार, २७ पुस २०७९

राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ बेलायतमा सबैभन्दा छिटो बिक्री हुने नन–फिक्सन पुस्तक बनेको छ । १० जनवरीमा रिलिजको पहिलो दिनमा ४ लाख प्रति बिक्री भएको छ । यसमा प्रिन्टेड बुकका साथै इ–बुक र अडियो बुक पनि समावेश छ ।

यस पुस्तकमा बेलायती शाही परिवारका रहस्य र विवादहरू उल्लेख गरिएका छन् । राजकुमार ह्यारी इङ्गल्याण्डका राजा चार्ल्सका कान्छा छोरा हुन् । उनले २०२० मा आफ्नी पत्नी मेगनसँग शाही परिवार छोडेका थिए । अब उनले आफ्नो आत्मकथामा बाल्यकालदेखि राजपरिवार छोडेसम्मका घटनाक्रमको विस्तृत विवरण दिएका छन् ।

 

prince harry1आधा मूल्यमा किताब बिक्यो, लाग्यो लामो लाइन

बेलायतको शाही परिवारको राज खुलासा गर्ने यस पुस्तकका धेरै अंश यसअघि नै मिडियामा बाहिरिएका छन् । त्यसैले यो किताब पढ्न मानिसहरु निकै उत्साहित छन् । मंगलबार, बेलायतका पुस्तक पसलहरू निर्धारित समयभन्दा अगाडि खुले र पुस्तक बिक्री सुरु भयो । दिनभर पुस्तक पसलमा मानिसको लामो लाइन देखिएको थियो ।

स्पेयरको मूल्य करिब ४५ सय रुपैयाँ थियो तर पुस्तक पसलमा आधा मूल्यमा बिक्री भइरहेको छ । यो करिब २८ सय रुपैयाँमा उपलब्ध छ ।

prince harryपहिलो दिन ह्यारी पोटर बुकमात्रै यति धेरै बिक्रि भएको थियो

पुस्तकको प्रकाशक पेन्गुइन र्‌यान्डम हाउसका प्रबन्ध निर्देशक ल्यारी फिनलेले भने, ‘हामीलाई यो पुस्तक धेरै बिक्री हुने थाहा थियो, तर यति धेरै बिक्री होला भनेर कल्पना पनि गरेका थिएनौँ । हाम्रो जानकारी अनुसार, ह्यारी पोटरका पुस्तकहरू मात्र रिलीजको पहिलो दिनमा यति धेरै बिक्री भएका छन् ।’

prince harry2‘हाउ टु किल योर फ्यामिली’ नजिकै राखियो ‘स्पेयर’

इङ्गल्याण्डको एउटा पुस्तक पसलले बेला म्याकीको उपन्यास ‘हाउ टु किल योर फ्यामिली’ को छेउमा प्रिन्स ह्यारीको पुस्तक डिस्प्ले गरेको छ । वास्तवमा, राजकुमार ह्यारीले आफ्नो पुस्तकमा शाही परिवारमाथि कडा हमला गरेका छन् । आफ्नो बुबा, भाइ र सौतेनी आमाको बारेमा धेरै खुलासा गरेका छन् । त्यसैले पुस्तक पसलले ठट्टा गर्दै उनको किताबलाई ‘हाऊ टु किल योर फेमिली’ को नजिकै राखेको हो ।

dianaपुस्तकमा खुलासा– श्रीमतीलाई ताजमहल अगाडि फोटो खिच्नबाट रोकेका थिए

प्रिन्स ह्यारीले स्पेयरमा उनले आफ्नी पत्नी मेगन मार्कललाई ताजमहलको अगाडि फोटो खिच्न दिएका थिएनन् । वास्तवमा सन् १९९२ मा प्रिन्स ह्यारीकी आमा राजकुमारी डायना भारत पुगेकी थिइन् र ताजमहलको अगाडि फोटो खिचेकी थिइन् । उनको यो तस्बिर निकै चर्चित भएको थियो । मेगनले पनि त्यसरी नै फोटो खिचाउन् भनेर राजकुमारले चाहेनन् । किनभने मानिसहरुले उनलाई डायनाको नक्कल गरेर फोटो खिचेको भन्ने हुन् कि भन्ने उनलाई चिन्ता थियो । मेगन सन् २०१७ मा भारत भ्रमणमा गएकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप