शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सुदूरपश्चिम मुख्यमन्त्रीका लागि एमालेका रावलद्वारा दावी पेस

बुधबार, २७ पुस २०७९, १७ : १५
बुधबार, २७ पुस २०७९

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेसका गरेका छन् । एमाले संसदीय दलको नेता समेत रहेको रावलले माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेको हो । रावलले प्रदेश प्रमुख समझ मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् । यसअघि नागरिक उन्मुक्तिले आफूहरुको माग मुद्दा सम्बोधाको सुनिश्चितताबारे सत्ता साझेदार दलहरुको नेतृत्वबाट लिखित प्रतिवद्धता मागेको थियो । सो माग सम्बोधन गर्ने प्रतिवद्धतापछि एमालेका रावललाई समर्थन गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए ।

उनले भने, ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबाट रेशम चौधरीलगायत जेलबन्दीहरु रिहाइसहित हाम्रो माग मुद्दा माघ महिनाभित्रै सम्बोधन गर्ने प्रतिवद्धता आएको छ । सो कारण अहिले एमाले नेतृत्वलाई समर्थन गरेका हौ ।’ ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको जम्मा सिट सङ्ख्या २९ को बहुमतको सरकार बन्ने भएको हो ।

यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप