‘दिव्योपदेश नक्कली हो भन्ने स्थापना गर्ने काम भइरहेको छ’
पृथ्वी जयन्तीको अवसर पारेर अस्ट्रेलियाका नेपालीहरूले ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अस्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिसबेन लगायत सबै राज्यका प्रमुख सहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा कार्यक्रम गरेका हुन् ।
सिड्नीमा आयोजित कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका नेपाली समुदायका बौद्धिकहरूको सङ्गोष्ठी सहितको माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो। पण्डित प्रकाश ढोडारीले स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा नेपालबाट पत्रकार युवराज घिमिरेले नेपाल एकीकरणको पृथ्वीनारायण शाहको योगदानलाई धुमिल बनाउनका लागि मिसनरीहरूले उनीहरूको अनुकूल नेपालको इतिहासको व्याख्या गर्ने अनुसन्धान गराइरहेको बताए। ‘यति खेर नेपामा दिव्योपदेश नक्कली हो भन्ने समेत स्थापना गर्ने काम भइरहेको छ। अनुसन्धान हुनु राम्रो हो, तर अनुसन्धान गर्नेहरूलाई कसले ‘फन्ड’ गरिरहेको छ भन्ने पनि हेरिनु पर्छ’ घिमिरेले भन्नुभयो। उहाँले नेपालको आन्तरिक मामलामा भारतले राजा फाल्ने षडयन्त्रका लागी आफैले आतङ्कवादी घोषणा गरेको माओवादीलाई अगाडी बढाएपछिको २०६३ को परिवर्तनपछि राष्ट्रिय एकता दिवस किन हटाइयो भन्ने कुरा महत्त्वको भएको उल्लेख गरे। पत्रकार घिमिरेले नेपाल विश्वकै प्राचीन मुलुक भएको तथ्यलाई धमिल्याउँदै २०६३ पछि नेपालको अस्तित्व हामीले जोगाएका हौँ भन्ने खालको भाष्य स्थापना गर्ने कुप्रयास प्रति विदेशमा रहने नेपालीहरू सचेत हुनुपर्ने बताउनु भयो।
व्यवसायी तथा अस्ट्रेलियाको नेपाली समुदायका अगुवा मेघराज श्रेष्ठले देश रहे मात्र हामी नेपाली रहने भएकाले नेपालीको पहिचान मेटिने गरेर नचाहिने विवाद झिक्नु अवाञ्छित रहेको बताए । हिमानी कोष अस्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेतले पृथ्वीनारायण शाहको एकीकरणको नतिजाको रूपमा गोर्खाली र नेपाली भनेर पहिचान र एउटा सबल देश पाएकोमा नेपालीहरूले गर्व गर्नुपर्ने बताइन् ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तीको दिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताए।
अस्ट्रेलियाको राजधानी सहर क्यानबेरामा बस्ने नेपालीहरूले साङ्गीतिक प्रस्तुति सहित पृथ्वीनारायण शाह र नेपाल एकीकरणको स्मरण गरे। क्यानबेरामा पृथ्वीजयन्ती मनाउनका लागी प्रेम थापाको संयोजकत्वमा समिति गठन भएको थियो। हरेक वर्ष अस्ट्रेलियाका नेपालीले पुस २७ लाई नेपाली दिवसको रूपमा मनाउने गर्दछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण