कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज पद तथा गोपनीयताको शपथ लिँदै
बिहीबार, २८ पुस २०७९, ०९ : ४१

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट)ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार अपराह्न चार बजे शपथ ग्रहणको कार्य तालिका तय गरिएको रातोपाटीलाई जानकारी दिए । माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।
कर्णालीमा ८ बाट ७ मन्त्रिपरिषद् बनाउन लागिएको छ । मुख्यमन्त्री शर्मासँगै अन्य मन्त्रीहरूको पनि नियुक्त र शपथ हुने दलहरूले बताइरहेका छन् । यद्यपि अहिलेसम्म कुन दलबाट को–को मन्त्री बन्दै छन् भन्ने कुरा खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच