कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज पद तथा गोपनीयताको शपथ लिँदै
बिहीबार, २८ पुस २०७९, ०९ : ४१
सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट)ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार अपराह्न चार बजे शपथ ग्रहणको कार्य तालिका तय गरिएको रातोपाटीलाई जानकारी दिए । माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।
कर्णालीमा ८ बाट ७ मन्त्रिपरिषद् बनाउन लागिएको छ । मुख्यमन्त्री शर्मासँगै अन्य मन्त्रीहरूको पनि नियुक्त र शपथ हुने दलहरूले बताइरहेका छन् । यद्यपि अहिलेसम्म कुन दलबाट को–को मन्त्री बन्दै छन् भन्ने कुरा खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण