शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल ओलम्पिक छनोटको समूह ‘सी’मा

बिहीबार, २८ पुस २०७९, १५ : ३७
बिहीबार, २८ पुस २०७९

काठमाडौं । ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ ।

फ्रान्सको पेरिसमा २०२४ मा आयोजना हुने प्रतियोगिताका लागि एसिया छनोट हुन लागेको हो ।

एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’ मा परेको हो । नेपालको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ ।

पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप