धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक
बिहीबार, २८ पुस २०७९, १६ : ३०

काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार दिउँसो २ बजेदेखि पदाधिकारी बैठक चलिरहेको छ ।
सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवारका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ । सभापतिले विश्वासको मत दिएदेखि नै सभामुखबारे कसरी अगाडि जाने भन्नेमा छलफल गरिरेको बुझिएको छ ।
कांग्रेसमा पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको कांग्रेस स्रोत बताउँछन् ।