राष्ट्र बैंकको रिपोर्ट : यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।
यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।
राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २।२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेकोछ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण