सन्दीप लामिछाने रिहा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।
पाटन उच्च अदालतका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहिबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक सहितका सर्तहरु भने राखेको छ । नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
अदालतले लामिछानेलाई यो मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीका टिप्पणी गर्न वा धारणा राख्न पनि रोक लगाएको छ । अदालतले लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसाग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य नगर्ने’ भन्ने आदेश दिएको छ । लामिछानेले कुनै काम विशेषले काठमाडौं उपत्यका छाड्नुपरे छाड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिन पनि अदालतले भनेको छ ।
लामिछाने गत असोज २१ गते विदेशबाट फर्किने क्रममा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु