पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग
काठमाडौँ । समाचार संकलनका क्रममा हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका लागि पुगेका पत्रकार कट्टेलसहितका ६ जना सञ्चारकर्मीमाथि व्यापारीहरूले दुव्र्यवहार गरेका थिए ।
सो क्रममा एक मोबाईल पसल सञ्चालकले पत्रकार कट्टेललाई कुटपिट गरेको पीडित पत्रकारले महासंघलाई जानकारी गराएका छन् । महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएका छन् । ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण