शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

शनिबार, ३० पुस २०७९, १७ : १३
शनिबार, ३० पुस २०७९

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराए । 

यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । शनिवार प्रचण्डले विभिन्न अनलाइन मिडियाका सम्पादकहरु अन्तरक्रिया गरेका छन् । सो अवसरमा सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरु बीचको सम्बन्धका बारेमा छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप