निशाको ‘ओजन’ लोकार्पित
काठमाडौँ । लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’को लोकार्पण गरिएको छ । स्रष्टा समाज नेपालले शनिबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रमका अतिथिहरूलाई डा. सदानन्द कँडेलले स्वागत गरेका थिए भने मधु पाठकले सो कार्यक्रम सञ्चालन गरेका थिए ।
ओजनबारे बोल्दै प्रमुख अतिथि गौतमले केसीका लघुकथा सिद्धान्तभित्र रहेर सिर्जना गरिएको बताए । केसीको सो कृतिभित्र रहेका हरेक लघुकथाको अन्त्यले पाठकको मनमा एक किसिमको झङ्कार दिने उनले बताए ।
यसैगरी लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले केसी पछिल्लो समय मुक्तक विधामा चर्चित भए पनि उनको पहिलो परिचय कथाकारको नै भएका बताए । कार्यक्रममा मन्दिरा मधुश्री र रीता खत्रीले सङ्ग्रहका लघुकथा वाचन गरेर सुनाएका थिए ।
उक्त कृतिको समीक्षा गर्दै साहित्यकार डा. ज्ञानु पाण्डेले सङ्कलित लघुकथाले प्रेम, चेतनाको आगो, समाजको वर्तमान अवस्थालाई समेटेको बताइन् ।
साहित्यकार विवश पोखरेलले ‘ओजन’का लघुकथाहरू निक्कै गहन र मनन योग्य रहेको बताए । लघुकथाकार निशा केसीले सङ्ग्रहित लघुकथाको रचनागर्भबारे खोतलेका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा समाजले प्रकाशन गरेको यो कृति ३४औँ भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण