यति एयरलाइन्सको जहाज दुर्घटना : के विमानमा समस्या थियो ?
काठमाडौँ । चालक दलका सदस्यसहित ७२ जना सवार रहेको यति एयरलाइन्सको जहाजसम्बन्धी एउटा भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । करिब १० सेकेण्ड लामो भिडियोमा विमान अनियन्त्रित हुँदै उडिरहेको देखिन्छ भने लगत्तै ठूलो आवाज आउँछ । पोखराको आकासको जुन भिडियो यतिबेला सामाजिक सञ्जालमार्फत भाइरल भएका छन् । कतिपयले विमानमा समस्या थियो कि भनेर आशंका समेत गरिरहेका छन् ।
तर,आधिकारिक निकायले विमान सबै मापदण्ड पुरा गरेर उडाइएको र जहाजमा समस्या भएकोबारे पाइलटले टावरमा कुनै जानकारी पनि नगराएको स्पष्ट गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्ने तयारी रहेकै बेलादुर्घटनामा परेको जानकारी दिए । उनले पाइलटहरुले पोखरा टावरलाई विमानमा समस्या रहेको बारे जानकारी नगराएको पनि बताए ।
‘पोखरा टावरलाई विमानमा समस्या देखिएकोबारे केही पनि जानकारी गराइएको छैन’, ठाकुरले भने । पोखराको नयाँगाउँस्थित सेती खोँचमा आइतबार विमान विमान दुर्घटना भएको थियो । विमानले काठमाडौं एयरपोर्टबाट पोखराका लागि उठान भरेको थियो ।
विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण