सीमा विवाद समाधान गर्न चीन र भुटानबीच सहमति
चीन र भुटानबीच सीमा विवाद सुल्झाउन छलफल अघि बढाउन ‘सकारात्मक सहमति’ भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सहमतिलाई लागु गर्ने दिशामा कदम अगाडि बढाइनेछ ।
चीन–भुटान सीमा विवादमाथि ११ औँ विशेषज्ञ समूह बैठक चीनको कुनमिङ सहरमा १० देखि १३ जनवरीसम्म बसेको थियो । यसपछि शुक्रबार दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
भुटान र चीनबीच ४७७ किलोमिटर लामो सीमा रहेको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न २४ चरणको बैठक बसिसकेको छ । दुई देशद्वारा जारी संयुक्त बयानमा समूहको ११ औँ बैठक स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक माहौलमा भएको बताइएको छ । साथै सीमा वार्तालाई तीव्र बनाउन तीन चरणको राडम्यापममा भएको सहमति लागू गर्न विचारहरूको गहन आदानप्रदान भएको उल्लेख छ ।
भुटान र चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । धेरै प्रयासपछि पनि यो विवाद समाधान भने हुन सकेको छैन । चीन र भुटानबीच कूटनीतिक सम्बन्ध स्थापित छैन । तर, सम्पर्क बनाउन दुई देशका अधिकारीबीच भ्रमणहरू भइरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण